दफा १९
सेवा आयोगको गठन

(१) विश्वविद्यालयको शिक्षक तथा कर्मचारीहरुको नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्न देहाय बमोजिमको एक सेवा आयोग हुनेछः–

(क) कुलपतिबाट नियुक्त व्यक्ति अध्यक्ष

(ख) सदस्य, लोकसेवा आयोग सदस्य

(ग) प्राध्यापकहरु मध्येबाट एक जना सदस्य

(२) उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिश पेश गर्न कुलपतिबाट सह–कुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरु रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिशमा कुलपतिबाट अध्यक्ष र सदस्यको नियुक्ति हुनेछ ।

(३) उपदफा (२) बमोजिम नियुक्त हुने अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ ।

(४) सेवा आयोगको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्म बैठक सम्बन्धी कार्यविधि सेवा आयोग आफैले निर्धारण गर्नेछ ।